उपत्यकाको विद्युतीय फोहोर व्यवस्थापन चुनौती बन्दै


 


काठमाडौं । आधुनिक जीवनशैलीसँगै विद्युतीय उपकरणको प्रयोग बढ्दो छ । काठमाडौंलगायत देशका ठूला तथा साना सहरको प्रमुख समस्याका रूपमा देखिएको छ, ई–वेस्ट अर्थात् विद्युतीय फोहोर । विद्युतीय फोहोर दिन प्रतिदिन बढ्दै जाँदा त्यसले विभिन्न खाले समस्या सिर्जना गरिरहेको सरोकारवालाले बताएका छन् ।

‘दैनिक रूपमा प्रयोग गर्दै आएका मोबाइलदेखि एसी, रेफ्रिजेरेटर, टेलिभिजन, कम्प्युटर, वासिङ मेसिनलगायत अन्य विद्युतीय सामानको आयु सकिएपछि वा बिग्रिएपछि फोहोरमा परिणत हुन्छन्,’ वातावरण विभागका सिनियर केमिस्ट शंकर पौडेलले भने, ‘विद्युतीय फोहोर हेर्दा हानिकारक हुन्छ जस्तो देखिँदैन । तर, यिनमा भएका हानिकारक तŒवले वातावरणमा अत्यन्तै विषालु रसायन प्रवाह हुने र वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पारिरहेको हुन्छ ।’

संयुक्त राष्ट्रसंघ विश्वविद्यालयका अनुसार एसियामा पछिल्लो समय चीन र एसियाली केही अन्य भू–भाग विकसित राष्ट्रमा उत्पादित विद्युतीय फोहोर थुप्राउने ठाउँ बनेका छन् । त्यस्तै, विद्युतीय सामग्रीमा धातुलाई छुट्याउने वा टुक्र्याउन प्रयोग हुने रसायन वातावरणमा प्रवाहित हुँदा श्वास लिने क्रममा कुनै पनि प्राणीको शरीरमा प्रवेश गर्ने र जोखिम सिर्जना गर्ने केमिस्ट पौडेलले बताए । फोहोरमा हानिकारक रसायन तथा धातुको प्रयोग हुने भएकाले फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्