स्वास्थ्य केन्द्र भित्र हाेहल्ला र पार्टी गर्ने चिकित्सकलाई कार्वाही गर्न महासंघको माग



तेह्रथुम, ११ साउन । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमै हाेहल्ला र पार्टी गर्ने चिकित्सकलाई कार्वाही गर्न पत्रकार महासंघ पाँचथर शाखाले शनिबार प्रेस विज्ञप्ति मार्फत सम्बन्धित पक्षसँग माग गरेको छ ।

गत साउन १ गते राति विरामी र सर्वसाधारणलाई असर पुग्ने गरी स्वास्थ्य केन्द्र भित्र पार्टी सञ्चालन गरिएकाे विषयमा हाम्राे सवाल अनलाइनमा प्रकाशित समाचारलाई लिएर डा. सन्ताेष साहले दिएकाे धम्की र त्यसपछि गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले सामाजिक सञ्जालमा मनगढन्ते प्रचार गरेकाे भन्दै कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकार अमृत बाँस्ताेलालाई साेधेकाे स्पष्टिकरणप्रति गम्भीर ध्यानाकर्षण भएकाे पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News