नेपालमा अब मनसुनी गतिविधि कम सक्रिय


 


काठमाडौं, साउन १२

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली भई केही थोरै स्थानहरुमा वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने र राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्