नगरपालिका हुनु त बेलवारी जस्तो, डेँगु परीक्षण नि : शुल्क


 


बेलबारी, साउन १२

झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा डेङ्गुको प्रकोप बढेपछि निजी स्वास्थ्य क्लिनिकले डेङ्गु परीक्षण गर्दा आफूखुशी रकम लिन थालेपछि बेलबारी नगरपालिकाले भने निःशुल्क परीक्षण गर्ने भएको छ ।

बेलबारीका ३ वटा स्वास्थ्य संस्थाबाट डेङ्गुको निःशुल्क परीक्षण गरिने मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । वडा नम्बर १ मा रहेको बेलबारी स्वास्थ्य चौकी, वडा नम्बर ९ मा रहेको डाँगीहाट स्वास्थ्य चौकी र वडा नम्बर ७ मा रहेको बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गरिने मेयर सुवेदीले बताउनुभयो ।

नगरपालिकाले डेङ्गुको लार्भा खोजी गर्ने तथा नष्ट गर्नेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गरिसकेको छ । विभिन्न वडामा डेङ्गुविरुद्धको औषधी छिट्ने काम समेत सकिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताउनुभयो । ‘वर्षापछि जतासुकै डेङ्गुका बिरामी बढ्न सक्छन्’, विश्वकर्माले भन्नुभयोे, ‘घर वरपर सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’ नगरपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको पनि उहाँले बताउाुभयो ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्