बालुवाटारमा किन बस्यो पूर्व एमालेको छुट्टै बैठक ?



काठमाडौं, साउन १३

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वएमाले समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।

सोमबार बिहान बालुवाटारमा बसेको बैठकमा नेकपाका ३३ विभागमध्ये स्कुल विभागमा देखिएको जटिलताबारे छलफल भएको जानकारी बालुवाटार स्रोतले दिएको छ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वएमालेतर्फका नेताहरु सहभागी छन् । बैठकमा ओली नेतृत्वको सरकारको कामको समीक्षा पनि भएको बताइएको छ । ‘बालुवाटारमा पूर्वएमालेका नेताहरुबीच छलफल भएको हो’, बालुवाटार श्रोतले भन्यो, ‘बैठकमा पार्टीको स्कुल विभागमा देखिएको समस्या, सरकारको काम र भावी रणनीतिबारे छलफल भइरहेको छ।’

स्कुल विभागको विवादका कारण यसअघि बस्ने भनिएको सचिवालय बैठक दुई पटक स्थगित भएको अवस्थामा पूर्वएमाले समूहको बालुवाटार छलफललाई अर्थपूर्णरुपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News