, कार्यालयभित्रै रक्सीले मातेर मधेशी नेताहरुबीच कुटाकुट ! (भिडियो ) सहित



काठमाडौं लगातारको वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । विशेष गरि तराइका जिल्लाहरुमा भारी बर्षाले वितण्डानै मच्चाएको छ । यस पटकको अविरल बर्षाले खास गरि रौतहट जिल्लामा नराम्रो सँग असर पार्यो ।अहिले सम्म पनि धेरैको विजोग भइरहेकै छ । उता तराइ दुखिरहेकै बेला यता यता भने मधेशी दलको कार्यालयमा दिउँसै रक्सीले मातेर कुटाकुट गरेको भिडियो ओटीभी नेपाल डट कमको क्यामेराले कैद गरेको छ ।

काठमाडौँको विजुलीवजार स्थित तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय (जुन अहिले विभिन्न मधेशी दल मिलेर राजपा बनेपछि केन्दिय कार्यालय अन्यन्त्रै सारिएको छ ।) मा दिउँसै मधेशी दलका कार्यकताले रक्सीले मातेर कुटाकुट गरेका छन्

तमलोपा राजपा बनिसके पछि केन्द्रिय कार्यालय नरहे पनि त्यस कार्यलयमा दिनहुँ राजपा नेताकार्यकता को बाँक्लै आउजाउ रहँदै आएको छ । असार २८ गते शनिवार बेलुवा करिब ७ बजे तिर उनिहरुले राष्ट्रपनि विधादेवी भण्डारी देखि पुर्व राष्टपती रामवरण यादव सम्मको नाम लिँदै झगडा गरेको थिए । जुन भिडियोमा स्पष्ट देख्न र सुन्न सकिन्छ ।शनिवार तराइका जिल्लाहरुमा सबै भन्दा आपतकालिन अवस्था रहेको थियो । ठिक त्यसै बेला यता भने रक्सीले मातेर रमिता चल्दै थियो । अझै गहन विषय त के छ भने हिजो मात्रै राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले राजधानीमा आयोजित एक कार्यक्रममा तराई डुवानमा पर्नुमा भारतको कुनै दोष नरहेको केपी ओली सरकारका कारण तराइ डुवानमा परेको दोषारोपण गरेका थिए ।।
हेर्नुहोस् भिडियो ..

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News