नेकपा सचिवालय बैठक दुई हप्तालाई स्थगित


 


काठमाडौं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दुई हप्तालाई स्थगित गरिएको छ । लगातार सर्दै आएको सचिवालय बैठक २८ साउनसम्मलाई स्थगित गरिएको हो ।

सोमबार दिउँसो बसेको सचिवालय बैठकमा नेताहरुले अडान नछोडेपछि धारणा बुझ्न भन्दै बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्कूल विभागमा कुरा मिल्न नसकेकाले नेकपाले विभागीय जिम्मेवारी टुंग्याउन सकेको छैन ।

१८ वटा विभागको नेतृत्व तत्कालीन एमालेले र १४ वटा विभागको नेतृत्व तत्कालीन माओवादीले पाउने सहमति भएपनि स्कूल विभागमा सहमति जुट्न सकेको छैन । नेताहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले स्कूल विभागमै दावी गरेपछि विभागीय जिम्मेवारी बाँडफाँड रोकिएको हो ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्