अब सांसदले पनि प्यान नम्बरबाट कर तिर्नुपर्ने


 


काठमाडौं अब सांसदहरुले पनि बल्ल प्यानमार्फत आय कर तिर्ने भएका छन्। सरकारले आर्थिक वर्ष २०७६/७७ अर्थात् साउन १ गतेदेखि नियमति तलब खाने सरकारी र नीजि क्षेत्रका सबै कामदारहरुको प्यान लागू गरेपछि सांसदहरु पनि प्यानमा जान बाध्य भएका हुन्।

सरकारले यस वर्षदेखि आयकर छली भएको भन्दै व्यक्तिगत प्यान अनिवार्य गरेको हो। राज्यलाई व्यापारी तथा सर्वसाधरणले कर छलेको भन्दै आलोचना गर्ने सांसदहरु आफैँ प्यान अनिवार्य गरेपछि मात्र त्यसमा जान लागेका हुन्। संसद सचिवालय स्रोतका अनुसार यसअघि एकाध सांसदले मात्र स्वस्फुर्त रुपमा प्यान उपलब्ध गराएर त्यसैमार्फत आयकर कट्टी गर्दै आएका थिए। अधिकांश सांसदको कर सचिवालयले नै एकमुष्ट तिर्दै आएको थियो।

यहि साउन महिनादेखि सरकारले सबैलाई प्यान अनिवार्य गरेपछि संसद सचिवालयले सांसदहरुलाई आफ्नो र स्वकीय सचिवको समेत प्यान नम्बर उपलब्ध गराउन सूचित गरेको छ। संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार जतिसक्दो छिटो प्यान नम्बर लिएर लेखा शाखामा उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए।

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्