ज्ञानेन्द्र शाहीलाई भक्तपुरका युवाले धिमे बाजा बजाएर लखेटेपछि.. भिडियो सहित


 


भक्तपुर, १५ साउन । पछिल्लो समय सरकार विरुद्ध ठूला ठूला कुरा गरी चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई भक्तपुरका युवाले धिमे बाजा बजाएर कार्यक्रम स्थलबाट लखेटेका छन् ।

भक्तपुरको सूर्यविनायकमा गएर वर्तमान सरकार विरुद्ध विभिन्न प्रकारका अनावश्यक कुराहरु गरेको र त्यसले गर्दा सरकार तथा समाजमा वितृष्णा, मनमुटा सिजर्ना गराई देश तथा समाजमा अराजकता फैलाउने घृणीत कार्य गरेको भन्दै युवाहरुले धिमे बाजा बजाएर लखेटेका हुन । युवाहरुले पार्टीगत तथा व्यक्तिगत स्वार्थको रुपमा प्रयोग गर्दै सर्वसाधारणलाई प्रयोग गर्न पाइदैन, राजतन्त्र चाहिँदैन, ज्ञानेन्द्र शाही मुर्दावादलगायतका नाराहरु लगाउँदै गरेको भन्दै लखेटेका हुन ।

प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्