विप्लव पार्टीको बन्दले स्कुल नलागेपछि खेल्न गएका दाजुबहिनीको डुबेर मृत्यु


 


रौतहट, साउन १५

ईट्टा उद्योगमा जमेको पानीमा डुबेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरिया बस्ने ११ वर्षीय अनिस साह र ८ वर्षीय कल्पना साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुईजना दाजुबहिनी रहेको स्थानीयले बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ४ का संजय साहका छोराछोरीको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ईट्टा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा खेल्न गएका दाजुबहिनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । विप्लव समुहको बन्दको कारण शैक्षिक संस्था नखुलेपछि बालबालिका खेल्न गएका थिए । खेल्ने क्रममा खाल्डोको पानीमा डुबेर उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मृतक दुवैको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्