एकै रातमा १५ स्थानका एनसेल टावरमा विप्लव समूहको आक्रमण


 


काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएराति देशका विभिन्न १५ स्थानमा रहेका एनसेल टावरमा आक्रमण गरेको छ ।

अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी र सिन्धुपाल्चोकका विभिन्न स्थानमा रहेका एनसेल टावरमा विप्लव समूहले आक्रमण गरी आगजनी गरेको प्रहरीले जनाएको छ ।

विप्लव समूहले एनसेल टावर र भवनमा यसअघि पनि आक्रमण गर्दै आएको थियो

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्