मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई दलहरुको सुझाव


 


काठमाडौं, साउन १६

राजनीतिक दलहरुले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानहरुमा आउँदो मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउने विषयमा बिहीबार निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा दलका प्रतिनिधिहरुले मंसिरमै उपनिर्वाचन सम्पन्न गर्न सुझाव दिएका हुन् ।

उनीहरुले उपनिर्वाचनको तयारीमा जुट्नसमेत आयोगलाई सुझाव दिएका छन् । दलका प्रतिनिधिहरुले निर्वाचनमा देखिएको विकृति हटाउन आचारसंहितामा कडाइ गर्नसमेत आयोगको ध्यानार्षण गराए ।

दलका प्रतिनिधिहरुको सुझावपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले उपनिर्वाचनको प्रक्रिया सुरु भइसकेको बताए । आयुक्त ईश्वरीप्रसाद पौड्यालले राजनीतिक दलका शीर्ष नेताको सुझाव लिएर नै आयोगले आचारसंहिता बनाउने र लागू गर्ने भएकाले आचारसंहिता पालनामा दलहरु नै इमान्दार हुनुपर्ने बताए ।

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्