नागरिकहरुलाई नेपाली सेनासँग मिल्दाजुल्दा कपडा लगाउन प्रतिबन्ध


 


काठमाडौं । सरकारले नागरिकहरुलाइ नेपाली सेनासंग मिल्दो कपडा लगाउन साथै बिक्रीमा रोक लागएकाे छ । गृहमन्त्रालयले नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि यसको प्रयोमा रोक लगाएको हो ।

पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ समुहको कार्यकर्ताले पनि सेनाको सँग मिल्दा-जुल्दा कपडा लगएर विस्फोट गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता हिंसात्मक कार्य गर्दै हिडेकाले यसमा प्रतिबन्ध लगाउन निर्देशन दिईएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्रालयले सुरुमा त्यस्ता कपडा प्रयोग तथा बिक्री नगर्न सबैमा सुझव दिन स्थानीय प्रशासनसँगै ७७ वटा जिल्लाका प्रहरी कार्यालयलाई खबर गरेको छ । सुझव पछि पनि पोशाक लगाउए पहिलोपटक सम्झाई बुझाई गर्न र अटेर गरे कारवाही गर्न निर्देशन आएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्