भोजपुरको पौवादुङमामा वडाअध्यक्ष पाण्डेको मृत्यु



भोजपुर, साउन १९

भोजपुरको पौवादुङमा गाउँपालिका-१ का अध्यक्ष रुद्रबहादुर पान्डेको मृत्यु भएको छ। ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार अपरान्ह निधन भएको गाउँपालिका अध्यक्ष किरण राईले बताएका छन्।

पाण्डेसँगै प्रदेश १ मा मृत्यु हुने जनप्रतिनिधि ७ पुगेका छन्। यीनमा तीन स्थानीय सरकार प्रमुख छन्। अन्य चारजना वडा अध्यक्ष हुन्। प्रदेश १ मा धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभाको मकालु गाउँपालिका प्रमुख खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुननन्द गाउँपालिका अध्यक्ष अमर बहादुर नेम्बाङको मृत्यु भइसककेको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-७, पाँचथरको हिलिहाङ गाउँपालिका-७, मोरङको धनपालथान गाउँपालिका-२ का वडाअध्यक्षहरूको मृत्यु भइसकेको छ। ती स्थानमा यही मंसिर ४ गते उपनिर्वाचन हुने मिति तय भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News