प्रधानमन्त्री खानले एक टीभी प्रस्तोतालाई एक हजार करोड रुपैयाँको मानहानी पत्र पठाए पछि..



पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले निजी टीभी च्यानलका प्रस्तोता नजम सेठीलाई व्यक्तिगत जीवनसँग सम्बन्धित झुठो खबर प्रशारण गरेको आरोप लगाउँदै एक हजार करोड रुपैयाँ जरीवाना बराबरको मानहानी पत्र पठाएका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार बाबर अनवरले टीभी च्यानलका प्रस्तोता सेठीले इमरान खानको व्यक्तिगत जीवनका बारेमा गलत प्रचार गरेर छवि धुमिल गर्ने प्रयास गरेका कारण मानहानी पत्र पठाइएको बताए ।

नोटिसको तस्बिर र त्यसका बारेमा जानकारी ट्विटरमा पोस्ट गर्दै सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका जनसम्पर्क प्रमुख अजघर लघारीले प्रधानमन्त्रीविरुद्ध झुटा कुराहरु फैलाउनेप्रति कुनै पनि उदारता नदेखाइएने बताएका छन् ।

उनले भनेका छन्, “इमरान खानको निजी जीवनका बारेमा नजम सेठीले अनेक लज्जास्पद दाबी गरेका छन् । उनले एक निजी टीभी च्यानलमा बसेर कानुन र नैतिकता उल्लंघन गर्दै प्रधानमन्त्रीको प्रतिष्ठा धूमिल पर्ने कोशिश गरे ।”

अब सेठीले नभागेर अदालतको सामना नगरे एक हजार करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने जनसम्पर्क प्रमुख लघारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News