बीपी प्रतिष्ठानका उपकुलपति विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं, साउन १९

घूससहित रंगेहात पक्राउ परेका धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रौनियारलाई गत असार २६ गते प्रतिष्ठानको भवन निर्माण ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा अख्तियारले पक्राउ गरेको थियो । उनी बिरुद्ध १ करोड २८ लाख रुपैयाँ र उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News