पाँचथरमा पिकअप दुर्घटनामा एक गम्भीर घाइते


 


फिदिम,साउन १९

पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ६ गुराँसेनागी भन्ने स्थानमा आइतवार दिँउसो पिकअप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन ।

दुर्घटनामा मेमेङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक सत्यनारायण चौधरी गम्भीर घाइते भएका छन भने फालेलुङ–४ की विन्दु गुरुङ र सवारी चालक फालेलुङ–५ घर भएका सवारी चालक धिरज गुरुङ सामान्य घाइते भएका छन ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । प्रहरी चौकी जोरपोखरीका प्रहरी सहायक निरीक्षक कृष्ण भट्टराईका अनुशार स्ट्रिङ जाम भएर घुम्तीमा नमोडिँदा पिकअप सडकबाट करीब ५० मिटर तल झरेको हो । फिदिमबाट मेमेङ जाँदै गरेको मे १ ज २०७५ नं. पिकअप दुर्घटना भएको हो ।

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्