झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज


 


काठमाण्डौँ, साउन १९

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ। आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेनलमा झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता रद्ध गर्नुका साथै नेपाली नागरिकबाट अटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचन प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

सरकारले अशोक साह विन्दे महतो दानादेवी महतो (विन्दे महतोकी पत्नी, वैवाहिक अंगीकृत) सोसील महतो (दानादेवीकी बुहारी) राजेन्द्र महतो राजेश्वर महतो रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध गरेको हो। त्यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ।

सरकारले आर्थिक वर्ग २०७६/७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमानमा तोक्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए। त्यसैगरी, सरकारले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५/७६को तलबमान निर्धाण गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटले बताए। सरकारले निवृत्तभरण कोस स्थाना नभएसम्मका लागि निवृत्तभरको कोष सञ्चालनको जिम्मा कर्मचारी सञ्चय कोषलाई दिने निर्णय गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्