सशस्त्रका ३ एआईजीको सरुवा, को कहाँ ?


 


काठमाडौं । सशस्त्रका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अनुसार एआईजी पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ । सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका एआईजी नारायण बाबु थापालाई पठाएको छ ।

त्यसैगरि कार्यालयको मानव स्रोत विभागमा प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी रामशरण पौडेललाई पठाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्