फुसको छाना हटाउँदै मिक्लाजुङ गाउँपालिका


 


मधुमल्ला । मिक्लाजुङ गाउँपालिकाले फुसको छाना हटाउने अभियानको थालनी गरेको छ । गरिब तथा बिपन्न परिवारको घरमा फुसको छाना हटाउँदै टिनको छानो हाल्ने कार्यक्रमको थालनी गरेको हो ।

मिक्लाजुङ वडा नं. २ का ९५ बर्षीय चितमाया लिम्बु र मिक्लाजुङ वडा नं. २ कै गरिब तथा अपाङ्ग पदममाया राईको घरमा फुसको छाना हटाई टिनको छाना हालेर कार्यक्रमको थालनी गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

टिनको छाना वितरण गर्दै अध्यक्ष आचार्यले अब गरिब तथा बिपन्न परिवारका आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुले चुइने छाना भएको घरमा बस्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उदेश्यले गाउँपालिकाले सो अभियान थालेको बताए ।

यस आर्थिक बर्षमा फुसको छाना हटाउने कार्यक्रम अन्र्तगत ३० लाख रुपैयाँ बिनियोजन गरेको मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

गाउँपालिकाले यस आर्थिक बर्षमा वडा नं. १ देखि ९ सम्मका गरिब तथा बिपन्न परिवारका फुसको छानो हटाउने कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लाने बताइएको छ ।

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्