पत्रकार पुडासैनी झुण्डिएको कोठाबाट झोला हरायो, सिसि क्यामेरा पनि बिग्रियो (भिडियोसहित)



चितवन– पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति मृत अवस्थामा भेटिएका हुन्।

दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका थिए।

माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन तराईको रिर्पोटिङ गरेर फर्कने भन्दै काठमाडौंबाट चितवन गएका थिए।

घटनाबारे विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि सार्वजनिक हुने चितवन प्रहरीले जनाएको छ। न्यूज २४ बाट हालै माउन्टेन टीभीमा आवद्ध भएका पुडासैनीले मिसन न्यूज सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News