पर्यटनमन्त्री भट्टराईको उद्घोष – निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछु



काठमाडौँ , साउन २१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पुर्याउने गरी सुधारको काम गरिने बताएका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाइझैँ बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, निगमको जहाज जुन हाइट ९३८ हजार फिट उचाइबाट उड्छ, निगमको सानलाई त्यही उचाइमा पुर्याउनु पर्नेछ, त्यसो भयो भनेमात्र संसारले देख्नेछ, २८ हजार उचाइ त नेपालमै उड्ने छँदैछन् नि ।

पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास दुवै कार्यलाई सँगसँगै अघि बढाइने उल्लेख गरे ।

मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम अघि बढाउने उल्लेख गर्दै मन्त्री भट्टराईले आफू मन्त्रालयमा रहुञ्जेल सम्पूर्ण तागत र इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News