लिम्बुवानले आज ‘कालो दिन’ भन्दै पूर्वमा बन्द ,ग र्यो जनजीवन प्रभावित


 


दमक झापा राष्ट्रिय जनमुक्ति पार्टीको किरात लिम्बुवान खम्बुवान राज्य परिषदले आज भन्दा २४५ वर्ष अघि राजा पृथ्वी नारायण शाह र तत्कालिन लिम्बुवानका अगुवाहरु लाई दिएको लिम्बुवान स्वायत्तताको लालमोहर दुई पक्षिय सन्धि नै भएको पूनः ध्यानाकर्षण गराउन साउन २२ गते बुधवार लिम्बुवान बन्दको आव्हान गरेको छ । ‘कालो दिन’का रुपमा मनाउँदै लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ।

परिषदले बिहानैदेखि गरेको बन्दका कारण इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, ताप्लेजुङ, संखुवासभा लगायत पूर्वाञ्चलका जिल्लामा यातायातका साधन चल्न सकेका छैनन्। अधिकाश बजार र पसल पनि ठप्प छन्।

अध्यक्ष प्रकाश येङदेन र सहइञ्चार्ज गोकर्ण खम्बु व्दारा जारी विज्ञप्तीमा २०६४ मा पहिलो संविधान सभाले निर्देशित गरेको राज्य पुनः संरचना, शासकीय स्वरुप र पूर्ण समानुपाति निर्वाचन प्रणालीमा लिम्बुवान स्वायत्तता सुनिश्चित गर्न १८३१ श्रावण २२ को सन्धिलाई पटक पटक स्मरण गराइएको तर संविधान सभानै विघटन गराइएपछि पहिचान सहितको स्वायत्त प्रदेश बन्ने सुनिश्चिता तुहाइएकोले अहिले हामी लिम्बुवानको आन्दोलन लाई अझ शसक्त बनाउँदै अन्तिम लडाईको तयारीमा छौँ भनिएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्