होसियार ! अबदेखी तीज भड्किलो मनाए प्रशासनले कारवाही गर्ने


 


रुपन्देही । हिन्दु नारीहरुको मुख्य चाडको रुपमा मानिने हरितालिका तीजलाई भडकिलो बनाए कानुनी कारवाही गर्ने रुपन्देही प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विज्ञप्ति जारी गर्दै तीजका नाममा होटल र पार्टी प्यालेसमा भड्किलो र फजूल खर्चका कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।

तीजको समयमा गहना प्रदर्शन गर्ने र होटल तथा पार्टी प्यालेसमा भड्किलो कार्यक्रम गर्ने प्रबृत्तिलाई नियन्त्रण गर्न यसो गरिएको हो । विज्ञप्तिमा – आम जनतालाई सचेत बनाउदै मौलिक रुपमा तिज मनाउन जोड दिइएको छ, तीज भदौ १५ देखि १७ गतेसम्म परेको भन्दै एक दिन अघि दर खाने र तीजको दिन नाचगान गरेर मनाउन स्मरण गराएको छ ।

होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गरी ध्वनी प्रदुषण गर्नुका साथै गहना प्रदर्शन गरेर भड्किलो गरी तीज मनाए कानून अनुसार कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी छ ।

प्रकाशित मिति: २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्