युवतीलाई उज्बेकिस्तानबाट नेपाल हुँदै भारत पुर्याएर यस्तो धन्दा
काठमाडौं । उज्वेकिस्तानबाट नेपाल हुँदै भारतसम्म उज्वेकी युवतीहरुको मानव तस्करी भइरहेको फेला परेको छ । पर्यटक भिसामा आउने उज्वेकी युवतीहरुलाई नेपाल हुँदै भारतका विभिन्न पर्यटकीय स्थलमा पुर्याउने गरिएको छ ।
त्यसरी भारतसम्म उज्बेकी युवतीहरुलाई पुर्याउन केही भारतीयको संलग्नता देखिएको छ । नेपाली र भारतीय पर्यटकीय स्थलमा राम्रो कमाइ हुने भन्दै मानव तस्करहरुले उनीहरुलाई नेपाल ल्याउने गरेका छन् ।
उनीहरु नेपाल भारतका पर्यटकीय स्थलमा यौन व्यवसायमा संलग्न हुने गरेको स्रोतले बताएको छ । उज्वेकिस्तानबाट त्यहाँका तस्करले उनीहरुलाई नेपालसम्म यात्रा तय गरिदिने गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले समाचार लेखेका छन् ।