कांग्रेस कार्यकर्तालाई प्रवेश गराउँदै माधव नेपालले दिए पूर्वराजालाई कडा चुनौती



काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी खोलेर राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिनुभएको छ । विगत भइसकेको राजतन्त्र अब फर्कन नसक्ने बताउँदै उहाँले भ्रममा नरहन आग्रह समेत गर्नुभयो ।

नेकपा रामेछाप खाडादेवीले मंगलबार राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपालले वंशको शासन अब सम्भव नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो ‘कसैकसैले महाराजधिराज भनेको पनि सुनियो । त्यो पद विगतमा थियो, अहिले छैन । अब पनि त्यही पदमा छु भन्न मिल्दैन । अब हुन पनि सक्दैन । वंशको शासन चाहिदैन । त्यो फर्केर आउँदैन । राम्रो के हुन्छ भने परिवर्तित अवस्थालाई आत्मसात गर्नु, बरु व्यापार गर्नु, समाजसेवाको काममा राम्ररी जुट्नु, मान, सम्मान प्राप्त गर्नु, राजनीति गर्ने रहर छ भने पार्टी खडा गर्नु, पार्टीबाट चुनावमा आउनु, जनताको मन र विश्वास जित्नु ।’

देशलाई अघि बढाउनुपर्ने जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा आएको उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहेको उहाँको दावी छ । यद्यपी, सपना धेरै देखाइएकाले पुरा हुन समय लगेको उहाँको तर्क छ ।

कार्यक्रममा कांग्रेस परित्याग गरी खाडादेवीका स्थानीय नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । नेपाल शिक्षक संघ क्षेत्रीय सचिव एवं वुद्धभवानी माविका प्रअ रामचन्द्र खत्रीसहित स्थानीय कार्यकर्ता सन्तोस खत्री, रामहरी खत्री, श्याम लामा, रामबहादुर बुढाथोकी, सहदेब बुढाथोकी, शिबराज खत्री, गोपाल श्रेष्ठ, ध्रुव श्रेष्ठ, चित्रबहादुर बस्नेत, सुस्मिता बस्नेत, गणेश श्रेष्ठ, सन्जिप मानन्धर, रवि कार्की, दलबहादुर तामाङ, लोकबहादुर घिसिङ, किशोर नेपाली, औलाथ तामाङ, हरिचन्द्र पौडेल, बिमल घिसिङ, नबराज तामाङ, दयाराज तामाङ, राजेन्द्र श्रेष्ठलगायत नेकपा प्रवेश गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेलले विकास निर्माणका क्षेत्रमा भएका कामबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेकपा रामेछापका इन्चार्ज देवशंकर पौडेल, जिल्ला अध्यक्ष मैनकुमार मोक्तानलगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News