रिपोर्ट हेरिसकेपछि मात्रै प्रधानमन्त्री ओलीको स्वदेश फर्किने टुंगो लाग्ने


 


काठमाडौँ, साउन २३

प्रधानमन्त्री केपी शर्मा ओलीको चिकित्सकहरुले सवै रिपोर्ट हेरिसकेपछिमात्रै नेपाल फर्किने टुंगो लाग्ने बताएका छन् । उपचारका क्रममा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा रहेनका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको काम नसकिएकाले उनको बसाई लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि अस्पतालले बिहीबार साँझसम्म ओलीलाई डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने कार्यतालिका थियो । कुन दिन फर्कने भन्ने मिति अहिले नै भन्न सक्ने अवस्था नरहेको र चिकित्सकहरुले सवै रिपोर्ट हेरिसकेपछिमात्रै नेपाल फर्किने टुंगो लाग्ने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्