हावाहुरीले रुख लडाउँदा महिलाको मृत्यु 



मोरङ । हावाहुरीले रुख लडाउँदा कानेपोखरी गाउँपालिकामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहिबार साँझ पैदेल हिँडिरहेको बेला सखुवाको रुख ढलेर किच्दा कानेपोखरी गाउँपालिका–७ आइतबारेकी ५१ वर्षीया पार्वता भट्टराईको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार साँझ आएको हावाहुरीले मोरङको पथरीशनिश्चरे–१ गुम्बालाइनमा रहेको सुकुम्बासी वस्तीमा समेत क्षति भएको छ। हावाहुरीले रुख लडाउँदा गोविन्द धिमालको घरमा क्षति पुगेको हो।

रुखले किच्दा घरमा क्षति भए पनि गुम्बाले छेक्दा कम क्षति भएको स्थानीयले बताएका छन्। घटनाको अनुगमन गर्न पुगेकी पथरी नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले तत्काल उद्धार गर्न प्रहरी र वन कार्यालयलाई सूचना दिएको बताइन्। अनुगमनका क्रममा करिब पाँच वटा रुख लड्ने अवस्थामा रहेकाले स्थानीयलाई सचेत रहन आग्रह गरिएको बाँस्तोलाले बताइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News