आज विश्व आदिवासी दिवस मनाइँदै



काठमाडौं, साउन २४

आज विश्व आदिवासी दिवस,नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।  नेपालका आदिवासी जनजातिले ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ : पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नारासहित विविध कार्यक्रम गरी मनाउँदै छन् ।

आदिवासी जनजातिहरुकोको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो यो दिवस मनाउने गरिन्छ । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आदिवासी जनजाति दिवस यो मनाइन्छ । नेपालका आदिवासी जनजातिले भने यस वर्ष आन्दोलनकै रूपमा यो दिवस मनाउने आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले जानकारी दिनुभयो ।

हालै सरकारले जारी गरेको स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन समावेशी नभएको, गुठी विधेयकमार्फत आदिवासी पुर्खाले धर्म, संस्कृति बचाउन युगौँदेखि गरेको अभ्यासलाई बिथोल्न थालेको भन्दै यो दिवस आन्दोलनकै रूपमा मनाउने लागेको अध्यक्ष जगत बरामले जानकारी दिनुभयो ।

दिवसकै अवसरमा मोरङको उर्लाबारीमा पनि आज भव्य कार्यक्रमको आयोजना गरिएको । आदिबासी जनजाति महासंघ , उर्लाबारीको आयोजनामा महासंघका नेता आङकाजी शेर्पाको उपस्थितिमा उर्लाबारी – ६ स्थित राधिका माविको प्रागंणमा भव्य कार्यक्रम आयोजना गरिएको छ । दिवसकै अवसरमा उर्लाबारी नगरपालिकाले आज स्थानीय सार्वजनिक विदा समेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News