कन्टेनरले ठक्कर दिंदा तेस्रो लिंगीको मृत्यु


 


विराटनगर, साउन २४

विराटनगर–५ बरगाछीमा कन्टेनरले ठक्कर दिंदा गयराति तेस्रो लिंगीको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएल ०१ एल ५१३५ नम्बरको कन्टेनरले ठक्कर दिंदा साइकलमा सवार विराटनगर महानगरपालिका–१ बस्ने ३५ वर्षीय स्वेता सहनीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताउनु भयो ।

उहाँका अनुसार भित्री बाटोबाट निस्कँदै गरेको साइकललाई ठक्कर दिंदा घाइते भएकी सहनीको उपचारका क्रममा विराट नर्सिङ होममा राति साढे १० बजे मृत्यु भएको हो । ठक्कर दिने कन्टेनर, चालक भारत बिहान भागलपुरका ३३ वर्षीय मोहम्मद सम्सुल र साइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्