प्लास्टिकको चामल बिक्री गरेको आरोपमा दुई बोरा चामल प्रहरी नियन्त्रणमा



वीरगञ्ज । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।

छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो ।

टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ । उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताउनुभयो ।

प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News