शशांक कोइरालाले भने – आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ


 


काठमाडौं, साउन २५

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रममा उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा बिजयी गराउने प्रतिवद्धता व्यक्त गरे । आफुले जनताका लागि राजनीति गरेको उल्लेख गर्दै महामन्त्री कोइरालाले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गराई राष्ट्रको रुपान्तरण गर्ने बताए ।

कार्यक्रममा नेता गगन थापाले राज्य व्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए । राजनीतिक दलले काम गर्न सकेनन् भनेर राज संस्थानै ठिक भन्ने भनाइ पनि सुनिन थालेको भन्दै उनले राज्य व्यवस्था नभइ दल र तिनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा नारी जागृति समाजद्वारा प्रेरक अभियन्ता भुवन गिरीबारेमा प्रकाशित ‘भुवन’ पुस्तक विमोचन गरिएको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्