पशुपतिशमशेर राणाले भने – अब राजसंस्था पुनःस्थापना गर्नुपर्छ



काठमाडौं, साउन २५

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा राजसंस्था पुनःस्थापना हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले नेपालमा राष्ट्रप्रमुखकारुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै अब राजसंस्था पुनःस्थापना गर्नुपर्ने धारणा राखे ।

उनले अहिलेका राष्ट्रप्रमुखको भूमिका पार्टीभन्दामाथि उठ्न नसकेको जिकिर गरे । प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखका लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरिएको भन्दै उनले आपत्ति जनाए ।

अध्यक्ष राणाले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News