न्यून चापीय रेखा दक्षिण सरेपछि मनसुन कम सक्रिय


 


काठमाडौं, साउन २६

पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औषत स्थानभन्दा कही दक्षिणतिर सरेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कम सक्रिय हुने महाशाखाले उल्लेख गरेको छ । तर मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको पनि जनाइएको छ ।

हाल देशको पूर्वी, मध्य तथा पश्चिमी भागमा वदी भई देशका केही स्थानमा हल्कादेखि मध्यम र १र२ स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ । त्यस्तै देशको पहाडी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आइतबार राति सामान्यतया वदली रही पश्चिम, पूर्वी र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पहाडी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २६ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्