आज यी क्षेत्रमा सार्वजनिक विदा


 


काठमाडौं, साउन २७

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद अवसरमा प्रदेश २ र प्रदेश ५ सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् ।

प्रदेश २ र ५ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने सार्वजनिक विदा दिएको छैन । बकर इद अवसरमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको छ ।  यस्तै मोरङमा विराटनगर महानगरपालिका र रतुवामाई नगरपालिकाले पनि आज सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्