आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइदै


 


काठमाडौं, साउन २७

आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज विश्वभर २० औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ ।

रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्