नेकपा प्रमुख सचेत ढकालको घरमा बम विस्फोट

काठमाडौं, ३१ साउन– नेकपाका प्रदेशसभा ४ का प्रमुख सचेतक भूमिश्वर ढकालको निवासमा बम प्रहार भएको छ ।
रुपन्देही सैनामैना–७ स्थित उनको घरमा गएराति करिब दुई बजेको समयमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । ढकाल र बाबुआमाको सयन कक्षमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
यस्तै उनले प्रयोग गर्ने लु१ज ४५६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । ढकाल भने उपचारका सिलसिलामा काठमाण्डुमा छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार