बाढी पिडितको ५० लाख तरुण दलले यसरी झ्वाम पारे


 


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल पछिल्लो समय भ्रष्ट बन्दै गएको छ । जितजंग बस्नेत नेतृत्वमा रहेको तरुणदल भ्रष्ट बन्दै गएको भन्दै पछिल्लो समय कार्यकता रुष्ट बनेका छन् ।

तरुणदलले बाढी पीडितका नाममा संगलन गरेको ठूलो रकम हिनामिना गरेको खवर बाहिरिएसँगै कार्यकर्ता रुष्ट बनेका हुन् । दुई वर्ष पहिले तराईका जिल्लामा आएको बिनासकारी बाढी पीडितका लागि भनेर संकलन गरेको रकम तरुणदलले हिनामिना गरेको हो ।

सङ्गठनका अध्यक्ष जित जंग बस्नेतलाई विभिन्न देशबाट पठाएको रकम हिनामिना गरेको आरोप तरुणदलमाथि लागेको छ । तरुणदलका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा हिमाल पोस्टलाई तरुणदलले बाढी पीडितका नाममा संकलन भएको ५० लाख बढी रकम हिनामिना भएको खुलासा गरेका छन् ।

तरुणदलका अध्यक्ष बस्नेत बाढी पीडितका लागि संकलन भएको ठूलो रकम हिनामिना गरेका छन्’ उनले भनेर्, यस्ता गतिविधिले संगठनलाई मात्र नभएर पार्टीलाई नै असर गर्छ ।’ उनले अहिले यो विषयले कांग्रेसभित्र पनि चर्चा पाएको बताए ।

केही हप्ता पहिले अध्यक्ष वस्नेत अमेरिका लगाएत विभिन्न मुलुकमा तरुण भेला तथा अध्ययन अवलोकन भ्रमणका लागि पुगेका थिए । उक्त समयमा पनि त्यहाँ रहेका कार्यकर्ताले आफूहरुले उठाएको पैसाको हिसाव पारदर्शि नभएको भन्दै आक्रोस व्यक्त गरेका थिए । कार्यकर्ताले हिसाव मागेपछि अध्यक्ष बस्नेत निरउत्तर बनेको स्रोतले जनाएको छ ।

बाढी पीडितका लागि ‘एक तरुण एक राहत’ अभियानमा सुरु गरेको तरुण दलले झण्डै ६० लाख बढी रकम संकलन गरेको भए पनि देखाउनका लागि थोरै राहत मात्र उपलब्ध गराएको जानकारी तरुणदल स्रोतले हिमाल पोस्टलाई दिएको छ । स्रोतका अनुसार तरूणदले देश तथा विदेशबाट प्राप्त सहयोगबाट धनुषामा एक लाख नगद, २ सय ७५ वटा ब्ल्यांकेट, ३५ थान त्रिपाल, ड्राइफुड बाकस १५ र चामल १९ बोरा वितरण गरेको थियो ।

यस्तै, महोत्तरीमा दुई लाख नगद, रौतहटमा पौने दुई लाख नगदसहित ८० थान मण्डी प्रदान गरेको थियो । बारामा डेढ लाख र पर्सामा एक लाख तथा ५०–५० थान ब्ल्यांकेट वितरण गरेको थियो ।

लाखौ रकम संकलन भए पनि देखाउनका लागि कनिका छराई राहत प्रदान गरेको तरुणदलले अन्य रकम झ्वाम पारेको छ । दुई वर्ष वित्दा पनि तरुणदलले हिसाव पारदर्शिरुपमा सार्वजनिक नगरेपछि पछिल्लो समय उसप्रति आक्रोस बढ्दै गएको छ ।

तरुणदले रकम हिनामिना गरेको उजुरी पार्टीमा समेत दर्ता भएको एक नेताले बताए । उनले यो विषयले पार्टी केन्द्रीय समिति बैठकमा समेत स्थान पाउने सम्भावना रहेको जानकारी दिए । पार्टीले तरुणदलसँग पार्टी बैठकमै स्पस्टिकरण सोध्ने तयारी थालेको स्रोतको दाबी छ ।

यस विषयमा तरुणदल अध्यक्ष बस्नेतसँग बुझ्न खोज्दा उनले आफूले कुनै रकम हिनामिना नगरेको बताए । उनले आफू सधै पारदर्शि रहेको बताउँदै आफूमाथि लागेको आरोप गलत भएको दावी गरेका छन् । सत्र÷अठार लाख रकम संकलन भएको बताउँदै बस्नेतले आफूहरुले वितरण गरेको रकम तत्कालिन समयमा फेसबुक मार्फत सार्वजनिक गर्ने गरेको बताए । उनले दुई वर्ष अगाडिको कुरालाई नचाहिने रुपमा उचालिएको समेत बताए ।

तर, कार्यकर्ताहरुले दुई वर्षसम्म पनि हिसाव माग्दा सार्वजनिक नभएपछि मुख खोल्नु परेको गुनासो गरेका छन् । हिमाल पोस्टबाट

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्