रवी लामिछाने अदालतमा पेस



चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोला रवी लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतमा पेस गरिएको छ ।

बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई चितवन जिल्ला अदालतमा पेश गरिएको हो ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अहिले लामिछानेसहित ३ जनालाई न्यायाधीश विनोद कुमार गौतमको इजलाशमा उपस्थित गराइएको छ ।

‘अहिले इजलाशमा बहस चलिरहेको छ, प्रतिवादी (लामिछाने)तर्फका वकिल पनि अदालतमा उपस्थित छन्,’ गिरीले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News