नेकपा विवाद टुंगियो, ईश्वर पोखरेल स्कुल विभाग प्रमुख



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विभाग गठनमा देखिएको विवाद अन्त्य गरेको छ ।

३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ भने प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिए ।
थप विवरण केहीबेरमा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News