श्रम मन्त्रालयको निर्देशन बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही


 


काठमाडौं सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई बैङ्कमार्फत उपलब्ध गराउन उद्योग र प्रतिष्ठानहरुलाई सचेत गराएको हो ।

सूचनामा श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोके अनुसार न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा इमानदारीका साथ उपलब्ध गराउन आग्रह गरिएको छ ।

सूचनामा मन्त्रालयले श्रम कानुनले निर्दिष्ट गरेको न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा श्रमिकहरुलाई उपलब्ध नगराउने उद्योग र प्रतिष्ठानमाथि कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

आजको कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्