पुडासैनी आत्महत्या प्रकरण चितवन फेरि तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार


 


काठमाडौं चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो ।

लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ ।

यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो । झडवमा नेपाल प्रहरीका ५ जना असई घाइते भएका थिए ।

बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्