सुनसरीमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुग्यो, सबैभन्दा बढी धरानमा



सुनसरीः सुनसरीमा तीन महिनाको अवधिमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुगेको छन ।

धरानमा डेंगुको प्रकोप महामारीकै रुपमा फैलिएको छ। उक्त बिरामीहरुमध्ये सबैभन्दा बढी धरानमा मात्र ३ हजार १ सय ७३ जना रहेका छन्। अरु स्थानमा भने डेंगुको प्रकोप नियन्त्रणमै रहेको बताइएको छ।

डेंगुका कारण अहिलेसम्म धरानमा एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पतालका अनुसार धरान वडा नंम्बर १५ की ३० वर्षीया मनु सुनुवारको मृत्यु भएको हो।

जिल्लाभरको रेकर्डअनुसार २०७६ वैशाख ३० गतेदेखि साउन २८ गतेसम्म सबैभन्दा बढी धरानमा बिरामीको संख्या रहेकोमा इटहरीमा ६३ जना र इनरुवामा ३० जना भएको जिल्ला अस्पतालको रेकर्डमा उल्लेख छ।


डेंगु धरानमा अझैसम्म पनि नियन्त्रणमा आएको छैन। जसले गर्दा धरानमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आग्रह अनुसार डेंगु नियन्त्रणका लागि कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News