आजको मौसम – मेघगर्जन र चट्याङसहित वर्षा


 


काठमाडौं, भदौँ १

मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशका अधिकांश स्थानमा सामान्य वदली भएको जनाएको छ । त्यस्तै मध्य, पूर्व र पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा भइरहेको जानकारी दिएको छ ।

आगामी २४ घण्टाको मौसम सम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशका धेरैजसो स्थानमा वदली हुनेछ । पश्चिमी क्षेत्रका अधिकांश स्थान तथा पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी तथा पूर्वी भागका एक÷दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति अधिकांस स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । त्यस्तै देशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्