आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री


 


काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उहाँले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताउनुभयो ।

केहीले प्रधानमन्त्री लगलग÷लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उहाँले भन्नुभयो, ‘पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले । राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन ।’

यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उहाँले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गर्नुभयो ।

सत्य निरुपण र बेपत्ता आयोगले यसै हप्ता पूर्णता पाउँछ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन गरे पनि द्वन्द्वका घाउ चहराइरहेको भन्दै यसलाई समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता तथा छानविन आयोगले यसै हप्ताभत्रि पूर्णता पाउने पनि बताउनुभयो ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘द्वन्द्व व्यवस्थापन गरेको यति लामो समय भइसक्दा पनि द्वन्द्वका घाउ चहराउने काम भइरहनु वान्छनीय हुँदैन । त्यसैले यसै हप्ता आयोग गठन भइसक्ने र त्यसले बाँकी रहेका काम पनि समाधान हुनेमा ढुक्क हुन सकिन्छ ।’

दुवै आयोगका प्रमुख आयुक्त र आयुक्तहरु सिफारिस गर्न सिफारिस समिति निर्माण भइसकेको र त्यो समितिले यसै हप्ताभित्र आयुक्तहरुको सिफारिस गरेपछि सरकारले विलम्ब नगरी आयोग गठनलाई पूर्णता दिने उहाँले बताउनुभयो ।

सरकारले प्रतिबद्धता गरे अनुरुप नै द्वन्द्वका बेला भएका घटनाको समुचित ढंगले सम्बोधन गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्