आगामी निर्वाचनपछि पद छोड्छु : प्रधानमन्त्री


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार लोकतन्त्रलाई सुदृढ गर्न तर्फ केन्द्रित भएकाले केही विरोधीहरु सडकमा आउँदैमा आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका छन्।

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही विरोधी तत्वहरु सडकमा उत्रिदैमा सरकार कमजोर हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे। उनले आगामी निर्वाचनसम्म यो सरकारले जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनताले सुम्पिएको जिम्मेवारी पुरा गर्न नसकेर अहिलेको सरकार पछि हट्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै प्रधामन्त्री ओलीले भने, यो सरकार चुनौतीको सामनाको पृष्टभूमीबाट आएको छ। अहिले चिहानमा गएर हठ्ठी फर्काउँछु भन्दै विरोधीहरु उर्फिएका छन्। यो वेमौसको वाजा कसैले नबजाए हुन्थ्यो। यस्ता क्रियाकलापले सरकार कमजोर हुँदैन्। संविधान र लोकतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ।

प्रधानमन्त्री ओली पद जान्छ भन्ने डरमा छन् भन्ने मैले सुनेको छु। पद एक दिन सबैको जान्छ, धर्य गर्नुहोस् आगामी निर्वाचनपछि म सत्ताबाट बाहिरीन्छु। तर आगामी निर्वाचनअघि जनताले दिएको जिम्मेवारीबाट भाग्दिन।

अहिले विरोधी पक्षका कुराले जनता केही विकास भएन भनेर निरास भएको देखिन्छ। केही काम नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर भएको छ। हामी अहिले विकासका ग्राइण्ड डिजाइनमा छौँ। र विकास गछौँ पनि । विरोधीका कुरा सुनेर निरास हुने पर्ने स्थिती सरकारले हटाउँछ, भने भने।

उनले संविधान र लोकतन्त्रको सवालमा विरोध र आलोचनाको पनि स्वागत गर्ने बताउँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्व सरकारको उदारतनबाट नहौसिन आग्रह पनि गरे।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्