बोक्सीको आरोप लगाउँदै ३५ वर्षीया महिलालाई मलमूत्र खुवाइयो


 


जलेश्वर, भदौँ १

महोत्तरीमा एक ३५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र खुवाएको छ। महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै अन्य पाँचरछ महिला मिलेर एक महिलालाई मानव मलमूत्र खुवाएको हो।

भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

सो घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोलीघटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको थियो ।

घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेका छन् भने अन्य महिलाको खोजबिन भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्