मन्त्री बाँस्कोटाले भने – भिक्षाको दानले देश समृद्ध बन्दैन


 


बाग्लुङ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ज्ञान, पूँजी, प्रविधि र श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।

ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकाको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयको बहसमा प्रमुख अतिथि मन्त्री बाँस्कोटाले कसैको भिक्षा दानले देश नबन्ने तर्क गर्नुभयो । “आफ्नो देश आफैँ बनाउनुपर्छ”, उनले भने, “मित्रहरुको भर परेर हुँदैन ।” मन्त्री बाँस्कोटाले भूकम्पपछिको पुनःनिर्माणमा प्रतिबद्धता अनुसारको वैदेशिक सहयोग नआएको उल्लेख गरे ।

उनले नेपालीको सुख र समृद्धि राष्ट्रिय सङ्कल्प भएको बताए । “सपनाहरु मुर्छाबाट ब्युँझेका छन्, समृद्धिको सङ्कल्प कार्यान्वयनमा अनुदित हुँदैछ, अब अलमल गर्नुपर्ने केही छैन”, मन्त्री बाँस्कोटाले भने ।

प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले समृद्धिकै लागि सङ्घीय प्रणाली ल्याइएको बताए । ठूला र राष्ट्रिय महत्वका आयोजना अगाडि बढेको भन्दै केही वर्षभित्रै विकासले फड्को मार्ने उनको भनाइ छ । सरकारले केही गर्न खोज्यो कि स्वार्थ समूह विरोधमा आउने प्रवृत्ति गलत भएको उनको टिप्पणी छ ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्