रवि लामिछाने पक्राउ प्रकरण : प्रहरी अधिकृतलाई गाली गर्ने पनि पक्राउ



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयमा काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गर्ने एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अछामका रिदम विसी भनिने शंकर विक हुन् । उनलाई अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको हो। त्यहाँबाट उनलाई काठमाडौं ल्याइएको छ। अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार विसीलाई शनिबार पक्राउ गरिएको हो ।

उनले ‘रवि लामिछानेलाई दाइलाई फसाउने यो नै हो भ्रष्ट… भन्दै फेसबुकमा स्टाटस लेखेका थिए। जसलाई ५ सय भन्दा धेरैले सेयर गरे थिए। पुडासैनी आत्महत्या प्रकरणपछि काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । तीनैजना चितवन प्रहरीको हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News