देउवाले भने – भाषणले मात्रै हुँदैन चुनाव जित्न जनताकहाँ जानुपर्छ


 


भैरहवा, भदौँ २

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण्ले मात्रै चुनाव नजितिने बताउनु भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार भैरहवामा गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले चुनाव जित्न जनता भएको स्थानमा नै पुग्नुपर्ने बताउनुभएको हो ।

चुनाव जित्नको लागि जनताको मन जित्न आवश्यक रहेको बताउँदै उहाँले भाषणलेमात्रै नहुने भन्दै चुनाव जित्न जनताकहाँ जानैपर्ने बताउनुभएको हो ।

सभापति देउवाले पार्टीमा समावेशी नभएकाले पनि त्यसअनुसार भोट नआएको दावी गर्नुभयो । ‘हरेक समुदायले पार्टीमा जति प्रतिशत आरक्षण पाएका छन्,’ ‘त्यसअनुसार भोट ल्याउनुपर्छ, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्